‘रोमान्टिक रिलेसनसिप’मा भ्वाइस अफ नेपालका किरण गजमेर र सञ्जु मोक्तान !


काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई ।

द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ ।

उनीहरुले इन्स्टाग्राम देखि टिकटक सम्म आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकारेका छन् । द भ्वाइस अफ नेपालको सेटमा भेट भएका उनीहरु विस्तारै नजिकिए र अहिले प्रेममा छन् । केही समयदेखि उनीहरु रिलेसनसिप मा रहेको किरण निकट स्रोतले जनाएको छ ।

टिकटक र इन्स्टाग्रामबाट पनि उनीहरुले प्रेम अभिव्यक्त गरिरहेका छन् । घुमघाम गरेको देखि डेटिङसम्म का रोमान्टिक तस्वीरमा यो ‘लभबर्ड’ देख्न सकिन्छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्