लामो नङ पाल्ने सुन्दर युवतीहरूलाई मैले खोलामा गिट्टी कुट्ने बनाईदिएँ : हर्क साम्पाङ राई


काठमाडौँ : स्थानिय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङको चर्चा निर्वाचित भए यता देशभर चुलिएको छ । उनले एक पछि कमाल गर्दैै देशैभरी प्रशंसा पाइरहेका छन् ।

धरानको मेयरमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भए पछि साम्पाङ पहिलो पटक राजधानी काठमाडौँमा आएका छन् । काठमाडौँमा आए पछि पनि दुनियाँको ध्यान तान्न उनी सफल भएका छन् ।

धरानमा होस् या काठमाडौँमा जहाँ रहँदा पनि चर्चा हर्क साम्पाङकै चलेको छ । धरानका विभिन्न विकासका योजनाहरु बोकेर संघिय सरकारको ढोका ढक्ढकाउँन काठमाडौँ आएका उनको चर्चा विभिन्न तरिकाले भइरहेको छ । विभागीय मन्त्रालयमा गएर मन्त्रीहरुलाई भेटेर आफ्ना योजना सुनाउँने र बजेट माग गर्ने काम उनले गरिरहेका छन् ।

साम्पाङ काठमाडौँमा रहेका बेला उनको अन्तवार्ता लिन राजधानीका पत्रकारहरुको लर्को लागेको छ । उनी बसेकै होटमा गएर अन्तवार्ता लिनका लागी समेत लाइन लाग्ने देखिएको छ । सकेसम्म कम अन्तवार्ता दिने पक्षमा उनी रहे पनि बसेकै होटल सम्म पनि पत्रकारहरु पुगीरहेको खबर छ ।

यसै विच साम्पाङ काठमाडौँमा रहेका बेला पत्रकार ऋषि धमलाले पनि उनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्ामा अन्तवार्ता लिएका छन् । अहिले धमलाले साम्पाङसँग लिएको अन्तवार्ता निकै चर्चित बनिरहेको छ ।

टेलिभिजन अन्तवार्ताकै क्रममा साम्पाङले भनेका छन, यो देशमा ढुङ्गामुढाको क्रान्ति,बम बारुदको क्रान्ति भयो मैले श्रम क्रान्ति धरानबाट शुरु गरेको छु।मैले साबुन बनाउँने र बेसार कुट्ने कम्पनी खोल्दैछु।बिजुली निकालिसकें।प्रत्येक शुक्रबार लागु औषधी दुर्ब्यसनी बिरुद्ध जनचेतनाको सशक्त कार्यक्रम गर्दैछौं।लामो लामो नङ पाल्ने सुन्दर युवतीहरूलाई मैले खोलामा गिट्टी कुट्ने बनाईदिएँ।त्यो परिवर्तन हो।

कोशीको पानी धरान खुवाउँने सवालमा यूकेमा बस्ने लाहुरेहरुले दिएका सहयोग कहिलेकाहि थामिनसक्नु भएको छ।म धरानलाई धरानकै मौलिकता अनुसार विकास गर्छु।धरानलाई उन्नत शहर बनाउँन चाहेको छु।अरु कुनैपनि शहर जस्तो बनाउँने होइन।धरानमा खानेपानीको समस्या अब हट्ने मेयर हर्क साम्पाङ राईको विश्वास छ।

हर्क साम्पाङ राईले अगाडी भने-म कुनै पनि पार्टीमा जान्नँ,म सधैं स्वतन्त्र भएर बस्न चाहान्छु।मलाई धेरैले आफ्नो पार्टीमा आउँन अनुरोध गरे।ठूला कम्पनीको शेयर समेत दिन्छु भने तर म लोभमा फसिनँ।पार्टीमा चेन अफ कमाण्ड हुने हुनाले मैले स्वतन्त्रपूर्वक काम गर्न सक्दिनँ त्यसैले म कुनै पनि पार्टीमा जान्नँ।म जनता भन्दा मात्र एक स्टेप तल हुँ।अरु भन्दा होइन।

प्रतिक्रिया दिनुहोस्