हाम्रो लक्ष्य अब आउने चुनावमा पहिलो पार्टी : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको बताएका छन् । देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए ।

स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताए । ‘चाबी त छ, तर एउटा न एउटासँग मिल्दा मात्र ताला खुल्छ,’ प्रचण्डले भने, ‘हाम्रो सपना अब रुसँग मिल्न जानुपर्ने होइन । अरु हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने छ । त्यसको आधार पनि छ ।’

स्थानीय निर्वाचनमा माओवादीले १७०/१७५ र एमालेले १६०/१७० पालिका जित्ला भन्ने थियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन्। मतपरिणाम घोषणा भएका ७५२ पालिकामध्ये माओवादी केन्द्रले १२२ पालिकाको नेतृत्व जितेको छ।

‘हामीले कम्तिमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि राम्रोसँग मिहेनत गर्दा १७०/१७५ सम्म हाम्रो आउँछ।एमालेको पनि १६०/१७० तिर झर्छ र हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छौं भन्ने आंकलन गरेका थियौं’, बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले भने।

प्रचण्डले परिणाम आफूहरूले आंकलन गरेकोभन्दा केही कम भए पनि अरुका लागि चाहिँ बढी भएको बताए। उनले माओवादीले यति पालिका जित्ला भनेर अरुले नसोचेको बताए।

प्रतिक्रिया दिनुहोस्