लज्जास्पद हार भएपछि अल्मुताइरीले भने – ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’


काठमाडौं । एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा इन्डोनेसियासँग ७ – ० गोलले पराजित भएसँगै नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बोलेका छन् ।

खेल सकिएलगत्तै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरुलाई गाली नगर्न भनेका छन् ।

उनले हालका लागि एसयन कपको छनौट खेलबाट बाहिरिएको उनले बताएका छन् ।

उनले आउँदो आउँदो सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेलहरू अघि समस्याका समाधान गर्न आवश्यक रहेको औँल्याएका छन् ।

आउँदो दिनमा धेरै सकारात्मक अंकहरू पाउँने र कमजोरीहरू सुधार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन् ‘हामी चाहन्छु कि हारको सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्।’

कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । सुमन अर्यालले खराब ट्याकल गरेपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए । यो समूहमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा, ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अङ्कविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्