हमाल भन्छन्, ‘उमेर गन्न छाडे’


काठमाडौँ– अभिनेता राजेश हमालले बिहीबार ५८ औँ जन्मोत्सव मनाएका छन् । उनले एक इभेन्टको बीच केक काटे । यद्यपि त्यहाँ उनको उमेर १८ वर्ष लेखिएको थियो । यसले उनको १८ औँ जन्मोत्सव संकेत समेत गर्‍यो । यो देखेपछि उपस्थित सञ्चारकर्मीले प्रश्न गरे, ‘उमेर कति भयो’ ?। अभिनेता हमालले ठट्यौली शैलीमा जवाफ फर्काए, ‘१८ वर्ष पुगेपछि उमेर गन्न छाडे’ ।

‘म जब १८ वर्ष पुगेको थिएँ त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला’ हमालले आफू युवा नै रहेको तर्क अगाडि सारे । सामाजिक सञ्जाल मार्फत पनि हमालले दैनिकी प्रस्तुत गरिरहेका हुन्छन । उनले आफ्नो दैनिकीले अरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने बताउँछन् । ‘मैले सामाजिक सञ्जालमा साट्ने भावनाले अरुलाई प्रेरित गरोस् भन्ने लाग्छ । यसैले गर्दा म प्राय शारीरिक व्याम गरिरहेको तस्वीर सार्वजनिक गर्ने गरेको छ’ हमालले भने ।

बेलाबखतमा दिने अन्तरवार्तामा पनि उनले खानपान देखि बिहानी पख गर्नु पर्ने व्यायामको बारेमा सुझाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्