विमान दुक्राटुक्रा, शव यत्रतत्र छरिएको अवस्थामा


तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङमा भेटिएको छ । विमानमा सबै सबै यात्रुको मृत्यु भएको सेनाले पुष्टि गरेको छ। सेनाका अनुसार थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमान दुक्राटुक्रा भएको छ भने शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ ।

यार्सागुम्बा टिप्न गएकाहरुले दुर्घटनाबारे जानकारी गराएपछि उद्दार टोली घटनास्थलमा पुग्न सफल भएको थियो ।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् ।
आइतबार विमान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुन पुगेको थियो । आइतबार दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिएपनि आइतबार मात्रै स्थान लोकेट भएको हो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्