काठमाडौं महानगर : मेयरमा बालेनको जित


काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन्द्र साहको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।

हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका छन् भने सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।
अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्