१४ हजार मत गन्दा भरतपुरमा आयो यस्तो मतपरिणाम


भरतपुर महानगरमा १४ हजार बढी मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्।

१४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५ सय ५७ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत ल्याएकी छिन् । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ७४ मत ल्याउँदा एमाले उम्मेदवारले ७ सय २४ मत ल्याएका छन् । वडा अध्यक्षमा राप्रपाका उम्मेदवारले ४ सय २० मत ल्याएका छन् ।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्