भरतपुरमा विजयले रेनुलाई उछिने


काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् । पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।

पछिल्लो परिणामअनुसार यादवले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

यहाँ कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी

भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।

महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी छिन् । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाइन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्