प्रेम आलेको गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता


डोटी । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ ।

अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन् । आलो सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन् ।

रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेको प्रारम्भिक अग्रता, माओवादीभन्दा कांग्रेस पछाडि

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको छ ।

माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको हो ।

ब्यास र भिमाद नगरपालिकाको मतगणना शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्