ओलीको गृहनगर दमकमा यस्तो आयो पछिल्लो अपडेट


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयर एमालेका उम्मदेवारले अग्रता कायम राखेका छन्।

यहाँ एमालेविरूद्ध सत्तारढ गठबन्धनका दलले राप्रपासँग मिलेर सोही दलका राम थापालाई मेयर उम्मेदवार बनाएका छन्।

अहिलेसम्म ७ सय ६५ मत गणना भएको छ।

एमालेकी मेयर उम्मेदवार गीताकुमारी पौडेल(अधिकारी)ले ३ सय ८० मत ल्याएकी छन्।

उनलाई पच्छ्याइरहेका सत्ता गठबन्धनसहित राप्रपाका राम थापाले ३ सय ६१ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसकी रेगिना भट्टराईले ३ सय ५८ मत ल्याएकी छन् भने एमालेका अम्बिकाप्रसाद भट्टराईले ३ सय ४० मत पाएका छन्।


ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्