देउवाकै वडामा कांग्रेस पराजित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।
डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।
बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।
२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।
बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी भएका छन् ।