धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मदेवार नृपबहादुर वडले पछ्याइरहेका छन्।
१०० मत गणना गर्दा हमालले ५५ मत ल्याएका छन् भने वडले २२ मत ल्याएका छन्। वड सत्तागठबन्धनका उम्मेदवार छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ मत मात्रै ल्याएका छन्।
निर्विरोधसहित ११ पालिकाको नतिजा सार्वजनिक
पालिका चुनावमा निर्विरोध भएकासहित ११ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमालेले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हासिल गरेका छन् ।
एमाले :
१. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
२. मनाङको ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
नेपाली कांग्रेस :
१. मनाङको नासोमा गाउँपालिका
२. मुस्ताङको घरपझोङ गाउँपालिका
३. मनाङको नार्पाभूमि गाउँपालिका
एकीकृत समाजवादी :
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
माओवादी :
१. डाेल्पाकाे जगदुल्लाह गाउँपालिका