देउवाको गृहनगर बूढानीलकण्ठको मेयरमा एमालेको अग्रता


काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणना अनुसार मेयर पदमा नेकपा एमालेका मिठाराम अधिकारीले ७८७ मत, नेपाली कांग्रेसका विनोद चालिसेले ४२८ मत र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले १२७ मत पाएका छन् ।

मतगणना जारी छ । बूढानीलकण्ठ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर हो ।

यो पनि हेर्नुहोस:

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् ।

उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए ।

उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्