बुटवलमा काँग्रेसको अग्रता कायमै, एमालेलाई राप्रपाले उछिन्यो


बुटवल । बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।
भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौं । सर्बाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ ।

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्