कांग्रेसले खोल्यो जितको खाता, मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कोन्जो


मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो ।

३५ मत भने बदर भएको छ ।

मनाङको नासोँ गाउँपालिकाको १ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेले फराकिलो मतान्तरसहित गठबन्धनलाई पछि पारेको छ ।
एमालेका अध्यक्ष उम्मेदवारले १९४ मत ल्याउँदा गठबन्धनका उम्मेदवारले ३९ मत पाएका छन् ।

वडा नम्बर १ मा नेकपा एमालेले जितेको छ ।मतगणना जारी रहेको गणनास्थलमा रहेकी एमाले गण्डकी प्रदेश कमिटी सदस्य शान्ता माया परियारले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्