काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल


काठमाडौं: काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि पुन: काठमाडौंमा सुरक्षित अतवरण गराइएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाको देव्रेपट्टीको इन्जिन फेल भएपछि पुन: काठमाडौं सुरक्षित अवतरण गराइएको जानकारी दिए।

उनले भने,’ धनगढीका लागि उडेको जहाजको ‘लेफ्ट इन्जिन’ फेल भएपछि अहिले १२:८ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो। सबै यात्रु सकुशल छन्।’

जहाजमा ८० यात्रु रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्