समिक्षाको फेसबुकमा लेखिन् भाबुक स्ट्याटस ‘तिम्रो लागि सधै म हार्न सक्छु’


गायिका समिक्षा अधिकारी लामो समयपछि सामाजिक संजालमा सक्रिय देखिएकि छन् । जीवनको कठिन परिस्थिति र चुनौतीका बिच उनले सामाजिक संजालमा एक आफ्नो तस्वीर सहित भाबुक स्ट्याटस पोस्ट गरेकी छन् । बुझिए अनुसार केही दिनअघि उनले आफ्नो फेसबुक स्टोरीमा पल शाहको एक टिकटक भिडियो समेत शेयर गरेकी थिइन् । जस्मा पनि पलको भावुक डाईलोग सुनिन्थ्यो । जुन यस्तो छ ‘ठिकै छ खुशीको वहार ल्याउछु, हैन भने प्रीयसी तिम्रो मेरो प्रेमको कहानी बनाम्ला’ । सो स्टोरीलाई उनको आफ्नो फेसबुकमा भएका फ्रेन्डहरुले मात्रै हेर्न मिल्ने बनाएकी थिइन् ।

त्यसपस्चात अहिले पोस्ट्याएको उक्त पोस्ट पनि पल लक्षित नै हो भन्ने धेरैको ठम्याई छ । समिक्षाले सामाजिक संजाल फेसबुकको आफ्नो भेरिफाईड एकाउन्टमा २ महिना ११ दिनपछि पोस्ट गरेको स्ट्याटस यस्तो छ “तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु, तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु, तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म, त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु” । परिस्थिति फेरबदल भैरहेको अवस्थामा कवितात्मक शैलीमा उनले लेखेको यो भाबुक स्ट्याटसले धेरैलाई सोचमग्न बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्