बुद्धभूमि भेट्रान्स रूपन्देही विजयी


पथरीशनिश्चरे , १७ फागुन । मोरङ्गको सुनबर्षी -२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोबन गोल्डकप-०७८ मा बुद्धमूमि भेट्रान्स क्लब, रूपन्देही सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा रूपन्देही र आयोजक अमरदह ढल्केजोवान युवा क्लबले निर्धारित समयमा एक- एक गोल गरी बराबरी भएपछि  ट्राइवेकर भएको थियो ।
प्रतियोगिताको पुर्वार्द्धको २ मिनेटमै  गोल गर्दै बुद्धभूमि भेट्रान्स क्लबका जर्सी नं १० का टंक लामाले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने आयोजक अमरदह ढल्केजोवान युवा क्लबका जर्सी नं १५ का भोला सिलवालले मध्यान्तर पछिको १६ मिनेटमा १ गोल फर्काएर बराबरीमा पुर्याएका थिए ।
त्यसपछिको  ट्राईव्रेकरबाट  बुद्ध भूमि भेट्रान्स, रूपन्देहीले  मोरङको अमरदह ढल्केजोवान युवा क्लबलाई ३ को विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको थियो।
निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक अमरदह ढल्केजोवान युवा क्लबका खेलाडीहरूले पटक-पटक गोल गर्ने अवसरहरू  गुमाएको थियो ।  प्रतियोगिताको “म्यान अफ दि म्याच” रूपन्देहीका जर्सी नं १का गोलरक्षक राकेश गुरुङ भएका थिए।  उनलाई प्रमुख अतिथि समेत रहनुभएका सुनवर्शी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम घिमिरेले नगद ५ हजार र ट्रफी प्रदान गर्नुभएको थियो ।
भोलि बुधबार  त्रिभुवन आर्मी क्लब, काठमाडौँ र विराट मेघा स्पोर्टस क्लब, मोरङ्गबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्