जागे केपी ओली जस्तो, थाके प्रचण्ड जस्तो


जोनिश पाख्रिन–

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटक मृगाैला प्रत्यराेपण गरियाे । दुई वटा मृगाैला फेरेका व्यक्ति विश्वमा कमै छन् । त्यस्तो मानिस पनि काम धेरै गर्नुहुन्छ । दौड धूप गर्नु हुन्छ । थोरै सुत्नुहुन्छ । तर पनि उहाँ थाक्नु भएको छैन ।

उहाँ किन थाक्नु भएन ? किनकी उहाँ समाज परिवर्तनकाे अभियानमा हुनुहुन्छ । समृद्ध नेपाल सुखी नेपालीकाे आकांक्षा पूरा गर्ने अभियानमा हुनुहुन्छ । देश बनाउने अभियानमा हुनुहुन्छ । उहाँलाई भ्याइ नभ्याई छ । त्यसैले उहाँलाई थाक्ने छुट छैन ।

जो समाज रूपान्तरणको काम गर्छन् । जो समाज परिवर्तनको आन्दोलनमा हुन्छन्, उनीहरू कहिल्यै थाक्दैनन् । उनीहरू थाक्न नै मिल्दैन । उनीहरूलाई थकाई मार्ने छुट नै हुँदैन । उनीहरू थाक्न थाले भने समाजकाे विकासको गति रोकिन्छ, समृद्धिकाे अभियान प्रभावित हुन्छ । परिवर्तनको धार बदलिन्छ, विकृति र विसंगतिको राज सुरु हुन्छ ।

मार्क्स, लेनिन कहिल्यै थाकेको सुनिएन । मदन भण्डारी कहिल्यै थाकेको सुनिएन । राजनीतिमा थकान भन्ने शब्द हुँदैन भन्नुहुन्थ्यो उहाँले । मनमोहन अधिकारी कहिल्यै थाकेको सुनिएन । उहाँ व्यस्तताको बीचबाटै संसारबाट बिदा हुनुभयो । उहाँलाई थकाई लागेको कसैले सुनेनन्, कसैले महशुस गरेनन् । किनकी उहाँहरू थाक्नेवाला हुनुहुन्थेन । देश बनाउने र राष्ट्रका विकृतीसँग लड्ने उहाँहरूलाई थाक्ने छुट नै थिएन ।

उहाँहरू थाकेको भए आज समाज के हुन्थ्यो ? परिवर्तन के हुन्थ्यो ? देशकाे हालत के हुन्थ्याे ? हामीले जुन स्वतन्त्रता र व्यवस्था प्राप्त गरेका छौँ, त्यो के हुन्थ्यो ?

देश बनाउँछु भनेर राजनीतिमा होमिएका मान्छे थाक्यो भने के हुन्छ ? कसैले कल्पना समेत गर्न सक्दैन । समाज परिवर्तनको आन्दोलनमा लागेको मानिसले थकाइ मार्‍यो भने समाजको हालत के हुन्छ ? मुक्ति आन्दोलनमा लागेकाले लत्तो छाड्यो भने के हुन्छ ? त्यसैले म कहिल्यै थाक्दिन कहिल्यै हरेस खाँदिन ।

जो थाक्दैन उसैले नाम लेखाउँछ

बीपी कोइराला कहिल्यै थाक्नुभएन, त्यसैले उहाँको नाम रह्यो । पुष्पलाल थाक्नुभएन, त्यसैले उहाँको इतिहास बन्यो । मदन भण्डारी कहिल्यै थाक्नु भएन त्यसैले इतिहासमा उहाँको नाम स्वर्णिम अक्षरमा लेखियो । बीपी कोइराला र मदन भण्डारीलाई आज आदर्श मान्ने व्यक्ति लाखौँ छन् । त्यसैले उहाँहरूको नाम नेपालीकाे मनमष्तिष्कमा गुञ्जिरहन्छ । उहाँहरुकाे पार्टीका कार्यालय र नेता कार्यकर्ता घरमा मात्र हाेइन जनताकाे घरमा पनि वीपी र मदनका तस्विर टाँगिएकाे पाइन्छ ।

आज केपी ओलीलाई हेरौँ । अनि देशलाई हेरौँ । दुई-दुई पटक मृगाैला प्रत्यराेपण गरिसकेकाे व्यक्ति थाक्नु पर्ने हो नि । तर उहाँ थाक्नु भएको छैन, झुक्नु भएको छैन, हच्किनु भएको छैन, गल्नु भएको छैन । देश बनाउने अभियानमा खटिरहनुभएकाे छ । नेपालकाे राष्ट्रिय स्वाभिमान उचाे बनाउन सतिसालझै उभिनुभएकाे छ ।

नाका वन्दीमा थाक्नुभएन । बरु नाकाबन्दी लगाउने भारतलाई थकाउनुभयो भूकम्प आयो थाक्नुभएन, लडेको धरहरा उठाउनुभयो, भत्किएको रानी पोखरी बनाउनुभयो । विद्यालय, मन्दिर, अस्पताल, सडक, पर्यटकीय स्थल, निजी आवास बनाउनुभयो । देश र जनताका लागि राम्राे काम गरेकाे सहन नसकेर देशभित्र र बाहिरका शक्ति मिलेर उहाँलाई सरकारबाट हटाए, तर झुक्नुभएन, थाक्नुभएन । अझ जुझारु भएर निस्कनुभयो । देश बनाउने अभियानमा निरन्तर निरन्तर लागिरहनुभयाे ।

सगरमाथाको उचाइ नापियो । अन्तर्राष्ट्रिय विमानस्थल बने । देश तुइन मुक्त भयो । ठुला ठुला बाटा घाटा पुल पुलेसा बने । रेल चले । देश सुरुङ युगमा प्रवेश गर्‍यो । भारतले हडपेकाे नेपाली भूमि नेपालकै नक्सामा समेटियाे । नक्सामा मात्र हाेइन नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता चल्याे । चीनसँग पारवहन सम्झाैता भयाे ।

यदि केपी ओली थाकेको भए के हुन्थ्यो ? नेपालीको सपना मर्दथ्यो । नेपालीका इच्छा आकांक्षा सबै बिलाएर झर्थे । जताततै अन्धकार नै अन्धकार हुन्थ्यो, कतै उज्यालो किरण देखिँदैनथ्यो । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना जन्मिँदैनथ्यो ।

केपी ओली थाक्नु भएन । नेकपा एमालेलाई थकाई मार्न दिनुभएन । एमालेका नेता कार्यकर्तालाई थाक्न दिनुभएन । देशभरका आफ्ना छाेराछाेरीलाई थाक्न दिनुभएन । युवाहरुलाई सधै हाैसला दिनुभयाे । अगाडि बढ्न र देश बनाउने अभियानमा लाग्न प्रेरणा दिइरहनुभयाे । त्यसैले त नेपाल बन्यो । नेपालको स्वाभिमान अझ माथि उठ्यो । विश्वले नेपाललाई चिन्यो । नेपाल र नेपालीको छाती उच्चो भयो । त्यसैले ओलीलाई युगले सम्झने छ ।

जागे केपी ओली जस्तो, थाके प्रचण्ड जस्तो

थाके के हुन्छ भन्दा पनि थाके के हुँदैन भन्ने कुरा गराैँ । थाके सबै कुरा अस्ताउँछ, जागे सबै कुरा उदाउँछ छ । जागे केपी ओली जस्तो भइन्छ । थाके पुष्पकमल दाहाल प्रचण्ड जस्तो भइन्छ । केपी ओलीको रफ्तारमा प्रचण्ड हिँड्न सक्नुभएन । उहाँ थाक्नुभयो । त्यसैले उहाँ पछि पर्नुभयो । प्रचण्डलाई आफ्नै सहयात्रीले पत्याएनन् । उहाँ विलय उन्मुख हुनुहुन्छ । हिँड्न वैशाखीको सहारा खोज्दै हुनुहुन्छ । माधव नेपाल र शेरबहादुर देउवाको सहारा लिएर हिँड्दै हुनुहुन्छ ।

जनताले प्रचण्डलाई पत्याउनै छाडे । अवसरवादी नेताको रूपमा आम जनताले बुझ्दै छन् । उहाँले अवसरको नाममा देशमा अराजकता फैलाउँदै हुनुहुन्छ । फलस्वरुप उहाँ आफू र आफ्नो पार्टीलाई विलयको यात्रामा अगाडि बढाउँदै हुनुहुन्छ । इतिहासलाई मेटाउने गतिमा अघि बढ्दै हुनुहुन्छ ।

नेपालको राजनीतिमा अर्का एक पात्र पनि हुनुहुन्छ, जो आफू र आफ्नो इतिहास नै मेट्दै हुनुहुन्छ । नेपालको राजनीतिमा हारेको अर्को पात्रकाे नाम माधव नेपाल हाे । माधव नेपाल गल्नु भएको छ । उभिनै नसक्ने गरी थाक्नु भएको छ । त्यसैले उभिनका लागि शेरबहादुर देउवाको दौराको फेर समाउँदै हुनुहुन्छ । देउवा अगाडि बढ्ने बित्तिकै उहाँ पछारिनुहुन्छ । उठ्नै नसक्ने गरी लड्नुहुन्छ ।

प्रचण्ड आफै थाक्नु भएको पात्र हो त्यसैले माधवलाई प्रचण्डको त न आड छ, न भरोसा छ । अहिले थाकेका प्रचण्ड माधव देशमा एक खालको अराजकता मच्चाउँदै हुनुहुन्छ । लडिबुडी गर्दै हुनुहुन्छ ।

इतिहास जाग्नेकाे बन्ने हो, नझुक्नेको बन्ने हो, नथाक्नेको बन्ने हो, नगल्नेकाे बन्ने हो । थाक्नेको इतिहास बन्दैन । गिर्ने र झुक्नेको इतिहास बन्दैन । त्यसैले म मेरो शरीरमा थकान महसुस गर्न दिन्न । किनकि म कहिल्यै थकाई नलाग्ने बीपी र पुष्पलालको सन्तान हो । कहिल्यै नथाक्ने मदन भण्डारीको सन्तान हो, मनमोहनको सन्तान हो । र अन्त्यमा भन्नुपर्दा कहिल्यै नथाक्ने केपी ओलीकाे सन्तान हाे । त्यसैले म थाक्दिन, झुक्दिन, मेरो देशको गौरव र स्वाभिमान झुक्न दिन्न । मेरो राष्ट्रवाद मर्न दिन्न । म जाग्छु, जागी रहन्छु । म उठ्छु, उठी रहन्छु ।

प्रतिक्रिया दिनुहोस्