प्रधानमन्त्रीले बोलाएर सर्वदलीय बैठक, एमालेको सहभागिता अनिश्चित


काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन् ।

यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन ।

यसअघि नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।

एमालेले भने आफूले कारवाही गरेका सांसदहरुलाई सभामुख,सरकार मिलेर पार्टी विभाजनमा प्रयोग गरेको भन्दै सरकारले बोलाएका बैठक तथा संसद समेत अवरोध गरिरहेको छ ।

गठबन्धनको बैठक– स्थानीय तह निर्वाचनबारे कानूनविदसँग छलफल गर्ने

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको बैठकले स्थानीय चुनाव कहिले गर्ने भन्नेबारे कानूनविदहरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको बैठकले तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन एकपैटक गर्दा बाझिन सक्ने भएकाले परामर्श गर्ने निर्णय लिएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

बैठकपछि पत्रकारसँग कुरा गदै सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले संविधानले तोकेको व्यवस्था बमोजिम चुनाव सम्पन्न गर्न सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्