मदिरासहितको पार्टी नियम विपरित भनेर कसैले चेतावनी⁶ दिएनन् : बोरिस जोन्सन


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री कार्यालयमा आयोजित मदिरासहितको पार्टी कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागु गरिएको प्रतिबन्धात्मक नियम विपरित हो भनेर आफूलाई कसैले नभनेको बताएका छन् ।

उनले सो पार्टी नियम विपरित रहेको जानकारी आफूलाई नभएको भनेर चोखिने प्रयास गरेका हुन् । तर सो घटनाप्रति गम्भीर रुपमा दुःखी रहेको भने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री जोन्सनले भनेका छन्, ‘कसैले पनि मलाई सो पार्टी नियम विपरित हो भनेर चेतावनी दिएनन् ।’ तर जोन्सनका पूर्व सल्लाहकार डोमिनिक कमिङ्ग्सले त्यसबेला चेतावनी दिइएको बताएका छन् ।

राजकुमार फिलिपको अन्तिम संस्कारको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा धेरै मानिसको सहभागितामा पार्टी भएको खुलेपछि जोन्सन अहिले आलोचनाको केन्द्रमा छन् ।

प्रधानमन्त्री कार्यालयले महारानी एलिजाबेथसँग माफी पनि मागेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । जोन्सनमाथि राजीनामाका लागि दबाब आइरहेको छ । जोन्सनले भने रिपोर्ट आएपछि थप कुरा थाहा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्