“बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा दिन दबाब”


लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कठिनाइ बढ्दै गएको छ । सन् २०२० मा कोरोना महामारीका बेला लगाइएको लकडाउनमा डाउनिङ स्ट्रिटको गार्डेनमा पार्टी गरेको अरोपमा उनीमाथि राजीनामाको दबाब बनिरहेको छ । 

उनलाई राजीनामाको मागसँगै नयाँ प्रधानमन्त्री को बन्ने भन्ने पनि चर्चा सुरु भएको बताइएको छ । विपक्षीहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरिरहेका छन्।  यसैबीच बेलायतको एक प्रमुख सट्टा कम्पनी ‘बेटफेयर’ले समस्यामा परेका बोरिस जोनसनले छिट्टै प्रधानमन्त्री पदबाट राजीनामा दिने दाबी गरेको छ । बेटफेयरले भनेको छ,‘५७ वर्षीय जोन्सनले कोभिडको समयमा प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा आयोजित एक पार्टीको खुलासाका कारण विपक्षी दलहरूको तर्फबाट मात्र नभई आफ्नै पार्टीको तर्फबाट पनि राजीनामा दिन दबाब दिइएको छ ।’ पछिल्लो समय कोरोना नियन्त्रणका लागि उनको नेतृत्व सफल नभएको समेत आरोप लाग्दै आइरहेको छ । 

#बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

प्रतिक्रिया दिनुहोस्