“इटहरीका मेयर द्धारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने!”


इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने भएका छन्। नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयर चौधरी एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेकाे एमाले निकट स्राेचकाे दावी छ।

एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको हल्ला आएपछि चौधरीले एमाले सुनसरीको सातौँ अधिवेशनमा नराम्रो पराजय समेत ब्यहोरेका छन्। १ हजार ८०५ मतदाता भएको सुनसरीमा रेवती भण्डारीले ९२० मत ल्याए। त्यस्तै, अर्का उम्मेदवार खेमराज पोख्रेलले ७७५ मत ल्याउँदा चौधरीले भने जम्मा ८० मत मात्रै ल्याएका छन्।

चौधरी इटहरीको जिल्ला अध्यक्ष समेत भएका नेता हुन्। उनी एमालेको जिल्ला राजनीतिमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका थिए। त्यसपछि स्थानीय तहको निर्वाचनमा मेयर समेत भएका हुन्।

चौधरीले कात्तिक २६ गते चतराको यज्ञ उद्घाटन गर्न आएका माधबकुमार नेपालाई घरमा बोलाएर भोजन गराएका थिए। प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एसकासचिव राजेन्द्र राईले समेत चौधरीको घरमा भोजन गरेका थिए। एकीकृत समावादी पार्टीलाई एमालेले बहिस्कार गरेको अवस्थामा चौधरीले नेपाल र राईलाई घरैमा बोलाएर भान्सा गएपछि उनी एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेको हल्ला भएको थियो। चौधरीले प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग पनि भेट गरेका थिए।

पछिल्लो घटनाक्रमपछि चौधरीलाई एमाले केन्द्रले समेत रोजाइमा राखेका थिएन। त्यसरी चौधरीले इटहरीमा हुने कार्यक्रममा पनि एमाले नेता तथा सांसदहरुलाई स्थान दिएका थिएनन्। माधब नेपालसँगको हिमचिको कारण चौधरीले जिल्ला अधिवेशनमा कम मत ल्याएको बताइएको छ।

#इटहरी
#द्धारिकलाल चौधरी”

प्रतिक्रिया दिनुहोस्