एमाले सुनसरी अध्यक्षमा रेवतीरमण भण्डारी विजयी


धरान । नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् ।

अध्यक्षमा तीन जनाको प्रतिष्पर्धामा भण्डारी ९२० मत ल्याएका विजयी भएका हुन् । उनका प्रतिष्पर्धी खेमराज पोख्रेलले ७७५ र द्वारिकलाल चौधरीले ८० मत प्राप्त गरेर पराजीत भए ।

त्यस्तै उपाध्यक्षमा निलम खनाल १०११ मत पाएर विजयी भए भने अर्का प्रतिष्पर्धी नन्दकुमार बस्नेत ७०० मत मात्र पाएर पराजीत भए । त्यसैगरी २ उप सचिव पदमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत पाएर विजयी भए । उप सचिवका जम्मा ७ प्रतिष्पर्धी मध्ये पदमप्रसाद लिम्बुले ५२५, अञ्जनीकुमार पोख्रेलले ४९८, लोकेस निरौलाले ४८४, लहरुमाया जिमीले २४० र अर्जुन गहतराजले २२९ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्