एमालेलाई माधव नेपाल : सिंहदरबारमा स्वीकार, बानेश्वरमा अस्वीकार


काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संघीय संसद निरन्तर अवरोध गरेको तीन महीना पुग्न लाग्यो । २३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि सँगै २८ मंसिरबाट सुरु भएको चालू अधिवेशन पनि एमालेले अवरुद्ध गर्दै आएको छ । यति लामो समय एमालेकै कारण संसद चल्न सकेको छैन । यसको एउटै कारण हो- नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व अस्वीकार ।

एमाले फुटाएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछिप प्रमुख प्रतिपक्षीले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमाले सांसदहरुले नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरुलाई ‘गैरसांसद’ को संज्ञा दिँदै आएका छन् । उनीहरुले संसदमा लगाउने नारा हो, ‘गैर सांसदलाई प्रवेश निषेध गर !’

एमालेले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरेको संसद भवनस्थित नयाँ बानेश्वरमा मात्रै हो ।

मिनी संसदको रुपमा चिनिने संसदका विषयगत समितिमा भने एमाले सांसदहरु आफूले गैर सांसद भनेकाहरुसँग बैठक बसिरहेका छन् । एकीकृत समाजवादीका सांसदलाई ‘माननीयज्यू’ र मन्त्रीलाई ‘मन्त्री ज्यू’ भनेर सम्बोधन गर्छन् । एकले अर्कोको अस्तित्व स्वीकार गर्छन् र सवालजवाफ चलिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्