मृत्युदण्डको प्रतीक्षामा बसेका कैदीले भने– विष होइन गोली खाएर मर्न चाहन्छौँ


ओक्लाहोमा सिटी । अमेरिकाको ओक्लोहोमास्थित एउटा कारगारमा मृत्युदण्डको प्रतीक्षामा बसेका दुईजना कैदीले आफूहरू लाई राज्यको कानुन अनुसार तीनवटा विषाक्त इन्जेक्सन दिएर भन्दा गोली हानेर मारेको भए खुसी हुने बताएका छन् ।

उनीहरूका वकिलले उनीहरूको अन्तिम इच्छाबारे सोमबार एकजना संघीय न्यायधिशलाई जानकारी गराएका छन् ।

उनीहरू लाई केही दिनभित्रै मृत्युदण्ड दिइँदैछ । डोनाल्ड ग्रान्ट र गिल्वर्ट पोसेलेले यसरी तीनवटा विषाक्त खोप दिएर मार्नु संवैधानिक हो कि होइन भन्नेबारे निर्णय हुनु अघिसम्म यसमाथि अस्थायी प्रतिबन्ध लगाइदिन अमेरिकी जिल्ला न्यायधीश स्टेफन फ्रियट लाई अनुरोध गरेका छन् ।

यदि प्रतिबन्ध लगाइएको खण्डमा उनीहरूको मृत्युदण्ड मिति पनि पर सर्नेछ । यस सम्बन्धी निर्णयका लागि २८ फेब्रुअरीमा अदालतमा सुनुवाइ हुन लागेको छ । तर, ग्रान्ट र पोसेलेलाई क्रमशः २७ जनवरी र १७ फ्रेबुअरीमा मृत्युदण्ड दिइँदैछ ।

प्रतिक्रिया दिनुहोस्