ब्रिगेड ब्वाइज र पुलिस क्लब १-१ को बराबरीमा रोकियो


काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गतको आठौँ चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लबसँग विभागीय टोली नेपाल पुलिस १–१ गोलको बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको चौंथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

आजको खेलमा बराबरीसँगै पुलिसले ८ खेलबाट ७ अंक जोडेर तालिकाको ११ औँ स्थानमा रहेको छ । ब्रिगेडले ८ खेलमा ६ अंक जोडेर तालिकाको १२ औँ स्थानमा छ ।

आठौं चरणको समाप्तीमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र २० अंकमा शीर्ष स्थानमा छ । यस्तै मनाङ मर्स्याङ्दी १९ अंकमा दोस्रो स्थानमा छ । च्यासल र फ्रेन्ड्स भने रेलिगेसन क्षेत्रमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्