ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार


आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १२ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।

‘हामीले एमालेसँग एकसीट मागेका छौं, पार्टीको उच्च तहमा यसबारे छलफल भइरहेको छ,’ राप्रपा स्रोतले रातोपाटीसँग भन्यो, ‘एमालेले राप्रपालाई एक सीट दियो भने प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल हुन सक्छ ।’‘हामीले एमालेसँग एकसीट मागेका छौं, पार्टीको उच्च तहमा यसबारे छलफल भइरहेको छ,’ राप्रपा स्रोतले रातोपाटीसँग भन्यो, ‘एमालेले राप्रपालाई एक सीट दियो भने प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्