अमेरिकाको कोलोराडोमा डढेलो फैलिँदा सयौं घर जले, दसौं हजार विस्थापित


वासिङटन — अमेरिकाको कोलोराडोस्थित राजधानी डेनभर नजिकैका दुई सहरमा डढोले फैलिँदा सयौं घर ध्वस्त हुनुका साथै दसौं हजार मानिस सुरक्षित स्थानतर्फ भागेका छन् ।

शुक्रबार जंगलको डढेलो सहरमा फैलिन थालेपछि ५ सयभन्दा घर र होटल तथा सपिङ मल जलेका छन् । डढेलो फैलिन थालेपछि स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।

उद्धारकर्मी र केही स्थानीय डढेलोका कारण घाइते भएको बताइएको छ। यद्यपि सरकारी अधिकारीहरुले घाइते हुनेको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार यस क्षेत्रमा हावा १६९ किलोमिटर प्रतिघण्टाको दूरीमा फैलिरहेको छ। जसले केही क्षेत्रमा ठूलो क्षति गर्नसक्ने चेतावनी दिइएको छ ।

अधिकारीहरुले लुइसभिल्लाबाट २१ हजार बासिन्दा र सुपेरियरबाट १३ हजार बासिन्दालाई विस्थापित गर्नुपर्ने भन्दै सुझाव दिएका छन्। डढेलोको असर पर्ने दुई सहर राजधानी डेनभरबाट ३२ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ।

कोलोराडोको राजधानी डेनभरमा भने ७ लाख १५ हजारभन्दा धेरै मानिस बसोबास गर्छन् । डढेलोको परिमाण र तीव्रताका कारण सहरमा यसरी क्षति पुर्‍याउने यसअघि नै आकलन गरिएको थियो । अमेरिकाका विभिन्न सहरमा यसअघि पनि हिउँदको समयमा यस्ता डढेलोले असर पार्नेगरेका थिए । तर यसपटक कोलोराडोमा डढेलोले यति धेरै घरमा असर पारेको यो पहिलो घटना हो ।

स्थानीय सञ्चारमाध्यम डेनभर पोस्टका अनुसार कोलोराडोको इतिहासमै आगोले यति धेरै घरमा क्षति पुर्‍याएको यो पहिलो घटना हो । आगजनीले केही नेपालीहरूका घरमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्