अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने तयारी


काठमाडौं । सरकारले अनलाइन मिडियाहरुलाई सरकारी लोक कल्याणकारी विज्ञापन दिने तयारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार काठमाडौंमा आयोजित अनलाइन पत्रकार संघ नेपालको ११ औं वार्षिक साधारण सभामा बोल्दै अनलाइन सञ्चार माध्यमहरुलाई पनि लोक कल्याणकारी विज्ञापन दिन सरकारले आवश्यक तयारी गरिरहेको बताए।

‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने छ। स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने सवालमा इन्टरनेट वा कुनै माध्यमको आधारमा सरकारले भेदभाव नगर्ने कुरामा यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘तर सञ्चारमाध्यम विश्वसनीय, जवाफदेही र मर्यादित हुनुपर्दछ।’

कार्यक्रममा अन्य वक्ताहरुले व्यवसायीक पत्रकारीताको बारेमा आफ्ना धारणा राख्दै प्रेस स्वतन्त्रतालाई कुन्ठिन गर्न नहुने बताएका थिए।

११औं वार्षिक साधारण सभाबाट अध्यक्ष डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा संघमा ७ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध छनोट भएको छ।

प्रतिक्रिया दिनुहोस्