महेश बस्नेतले सार्वजनिक गरे प्रचण्ड र ज्ञानेन्द्रबीच भएको पाँच बुँदे सहमतिको अन्तर्य


काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन राजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिएपछि प्रचण्ड चिढिए ।

प्रचण्डले बिहीबार विज्ञप्ति नै जारी गरेर यदि सहमति भएको थियो भने ती बुँदाहरू के–के हुन त ? भन्दै पुष्टि गर्न ओलीलाई चुनौती दिए । उनले आरोप खण्डन गरेका छन् ।
प्रचण्डको विज्ञप्ति आएको केही घण्टामा नै त्यसको जवाफ ओलीले नभइ ओली निकट एमाले नेता महेश बस्नेतले दिएका छन् । उनले मोटामोटी पाँच बुँदा सार्वजनिक गरेर तत्कालीन समयमा राजा र प्रचण्डबीच भएको सहमतिको अन्तर्य बताएका छन् ।

बस्नेतले त्यसबेला सत्ता सञ्चालनका लागि माओवादीले राजासँग सहमति गरेको तर, एउटा बुँदामा कुरा नमिल्दा भाँडिएको उल्लेख गरेका छन् ।

उनले राजा ज्ञानेन्द्रले त्यसलबेलाका संसदीय दललाई स्याक गर्नेपर्ने र सबै नेताहरूलाई जेल हालेर पार्टीदलाई प्रतिबन्द गर्नुपर्ने माग माओवादीले पहिलो बुँदामा राखेको उल्लेख गरेका छन् ।

२०६० माघ १९ गते ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी नेताहरूलाई जेल हाल्ने निर्णय गर्नु माओवादीसँग भएकै सहमति अनुसार रहेको बस्नेतको भनाइ छ ।

यस्तो छ बस्नेले प्रचण्डलाई बुँदासहित फर्काएको जवाफ

तत्कालीन राजा ज्ञानेन्द्र र माओवादीबीच भएको ५ बुँदे सहमतिको गुदी कुरा :

माओवादी र तात्कालीन राजा ज्ञानेन्द्रसँग ५ बुँदे सहमति भएको थियो भनेर अध्यक्ष ओलीले भन्दा त्यसको पुष्टी गर्न प्रचन्डले ओलीलाई चुनौती दिँदै वक्तव्य जारी गरे । प्रचन्डजीलाई सम्झाइदिनुपर्ने भयो ति विषय ।

प्रचण्डजी ! विषयहरू यस्ता थिए :

१. राजा ज्ञानेन्द्रले तात्कालीन संसदीय राजनीतिक दलहरूलाई स्याक गर्नुपर्ने, सबै नेताहरुलाई जेल चलान गरेर पार्टीहरुलाई प्रतिबन्ध लाउनुपर्ने । त्यसै अनुरुप २०६० माघ १९ को घटना घटाइएको थियो ।

२. ज्ञानेन्द्र राजा रहने र माओवादीलाई निशर्त सत्ता सुम्पिनुपर्ने ।

३. राजा ज्ञानेन्द्र नयाँ राजा भएकाले उनलाई देशभरी डुलेर नागरिक अभिनन्दन गर्न दिनुपर्ने र ज्ञानेन्द्रले लोकप्रियता बढाउन पाउनुपर्ने । यस अनुसार माओवादी युद्धकैबीचमा उनी नागरिक अभिनन्दन गर्न देश घुमेका थिए ।

४ . तात्कालीन माओबादी लडाकुलाई निशर्त नेपाली सेनामा मिसाउनुपर्ने ।

५. जेलमा रहेका सबै माओवादी नेता कार्यकर्ताको रिहाइ गर्नु पर्ने ।

त्यसबेला यि विषयमा कुराकानी गर्न समन्वय गर्ने मान्छे जीउँदै छन् । पछि राजाको प्रतिनिधिको रुपमा कमल थापा माओवादीसँग थप छलफल गर्न खटिएका थिए । पहिलो बुँदा बाहेक सबै विषयमा राजा र माओवादीबीच सहमति जुट्यो । तर, पहिलो बुँदामा ज्ञानेन्द्रले तत्काल सहमति जनाउन सकेनन् । ५ बुँदा मध्ये अन्य बुँदामा सहमति भएकाले बाँकी एउटा बुँदा थप छलफलबाट पछि मिल्छ भन्ने आशामा माओवादीले राजा ज्ञानेन्द्रलाई २०६० माघ १९ को घटना घटाउन उक्साए र ज्ञानेन्द्रले सोही काम सम्पन्न गरेर देउवा सरकार बर्खास्त गरे, तत्काल आफ्नो अध्यक्षतामा नयाँ सरकार गठन गरे, प्रमुख नेताहरुलाई गिरफ्तार गरेर जेल पठाए, कसैलाइ नजरबन्दमा राखे ।

टुङग्याउन बाँकी एउटा बुँदामा थप छलफल गर्न ज्ञानेन्द्रले कमल थापालाई खटाए भने माओवादीले बाबुराम भट्टराइलाई खटायो । छलफल गर्न नेपालगंजस्थित राप्रपा नेता धवलशमशेर राणाको घरमा बस्ने तय भयो । राजा ज्ञानेन्द्रले माओवादीका अन्य सबै माग पूरा गरिदिने तर कांग्रेस एमाले सहितका तात्कालीन संसदीय राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउन नसक्ने भन्ने जवाफ दिएपछि सो वार्ता भंग भएको थियो ।

ज्ञानेन्द्रको तर्क थियो (राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइए अन्तराष्ट्रिय शक्ति र मुलुकहरुको समर्थन प्राप्त गर्न सकिँदैन, जसले गर्दा राजतन्त्र नै समाप्त हुने खतरा हुन्छ भन्ने भयो । माओवादीलाई सो कुरा मान्य भएन ।

यसरी माओवादी र राजा ज्ञानेन्द्रबीचकाे सम्झौता भंग भएको थियो । त्यसपछि माओवादीले भारतको सहयोग जुटाइदिन एसडीमुनी मार्फत तात्कालीन भारतिय प्रम अटल बिहारी बाजपेयीसँग अनुरोध गरे । सोही अनुसार भारतको अहितमा कुनै काम गर्ने छैनौ, हामीलाई बचाउनुपर्यो भनेर अटल बिहारी वाजपेयीलाई प्रचन्ड बाबुराम दुबैले हस्ताक्षर गरेको लिखित विन्तिपत्र हाले ।

त्यसैको जगमा माओवादीले ६२ साल भदौमा चुनवाङ बैठक गरी आफ्नो कार्यदिशा बदल्यो र माओवादी र दलहरूबीच दिल्लीको १२ बुँदे सहमति भयो । अनि माओवादी ७ दलको जनआन्दोलनलाई समर्थन गर्न तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्