१५ प्रतिशत नागरिकले लगाए कोभिड १९ विरुद्धको खोप (खोपको कभरेज कहाँ कति ?)


काठमाडौं – नेपालमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या एक करोड बढी पुगेको छ। देशभर रहेका १४ सय बढी खोप केन्द्रबाट एक करोड बढी नागरिकलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म कुल जनसंख्याको १५ प्रतिशत बढी नागरिकले कोरोनाको पूर्ण खोप पाएका छन्। पूर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो नम्बर र काठमाडौं पाँचौ नम्बरमा छ।

मनाङमा हालसम्म ५७ प्रतिशत जनसंख्याले कोरोनाको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले बताए। अरु सबै जिल्लामा ४० प्रतिशतभन्दा कम नागरिकले पूर्ण खोप लगाएको खड्काले जानकारी दिए।

यस्तै, मुुस्ताङका ५६, रसुवाका ४६, भक्तपुरका ४१ र काठमाडौंका ४० प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन्। बागमति प्रदेशका २९ प्रतिशत नागरिकले पूर्ण खोप लगाउँदा प्रदेश १ ले १०, प्रदेश २ ले ७, गण्डकी प्रदेशले १७, लुम्बिनी प्रदेशले १६, कर्णाली प्रदेशले १२ र सुदूरपश्चिम प्रदेशले १५ प्रतिशत पूर्ण खोप लगाएको छ।

नेपालले छोटो समयमा धेरै जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाएको भन्दै विश्व स्वास्थ्य संगठनले बधाई समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्