नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गठन


नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गण्डकीले तनहुँमा सङ्घलाई विस्तार गरेको छ । दमौलीमा आज सम्पन्न भेलाले काशीनाथ भट्टराईको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो । समितिको उपाध्यक्षमा शमशेरबहादुर गैह्रे र सुकबहादुर गुरुङ, सचिवमा ईश्वरप्रसाद पोख्रेल, कोषाध्यक्षमा भरत विक तथा सदस्यमा गणेश थापा, उमेश पौडेल, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराई र सन्तोष विक चयन चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकूदमा भइरहेको विकृति अन्त्यका लागि जोड दिए । उनले नेपालको मार्सल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टस्ले खेलकूदका विकृतिविरुद्ध आवाज बुलन्द गर्ने बताउँदै भने, “हामी खेलको विकाससँगै खेलकूदको विकासमा तगारो बनेको विकृतिविरुद्धसमेत एक ढिक्का भएर अघि बढ्नेछौँ ।”

नेपाल केन्पो खुकुरी मार्सल आर्टस सङ्घ गण्डकीका उपाध्यक्ष एवं तनहुँका इञ्चार्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकाल, नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ कास्कीका उपाध्यक्ष मोहन भट्टराई लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्