दार्चुलामा कांग्रेस वडाअधिवेशन २२ र बैतडीमा २१ गते


कञ्चनपुर – दार्चुलामा नेपाली काग्रेशको जिल्ला अधिवेसन भदौ २२ गते र पालिका अधिबेसन २७ गते हुने भएको छ। जिल्लाका ६१ वटै वडामा नेतृत्व चयन गर्न तयारी भइरहेको छ। दार्चुलामा कांग्रेसका चार हजार ४७५ क्रियाशील सदस्य रहेका छन्।

क्रियाशील सदस्यहरुले जिल्लाका ६१ वडाबाट ९ सय ७६ प्रतिनिधि छनोट गर्ने छन् र तिनैले नेपाली काँग्रेसको पालिका, प्रदेश क्षेत्र, जिल्ला समिति र महाअधिवेशनको टुंगो लगाउने छन्।आसन्न १४ औँ महाअधिवेशनका लागि नेपाली काँग्रेसको क्रियाशील सदस्यहरु मध्ये १ हजार ८ सय ६४ जनाले सदस्यता नवीकरण गराएका छन् भने २ हजार ६ सय ११ जनाले नयाँ सदस्यता लिएको काँग्रेस दार्चुलाले जनाएको छ।

यस्तै बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन २१ गते हुने भएको छ। अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ। बैतडीमा एकैदिन ८४ वटै वडामा अधिवेशन गर्ने तयारी छ।

निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन्। मतदान अधिकृत नियुक्त गरी उनीहरुलाई आवश्यक प्रशिक्षण दिएर सम्बन्धित केन्द्र पठाइसकिएको छ । क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिइएको छ । बैतडीमा ६ हजार ६०० क्रियाशील सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्