जुत्ताको तलुवामा काठमाडाैंबाट प्लेनमै नेपालगंज पुग्यो ४ किलो सुन


काठमाडौं : बाँके प्रहरीले काठमाडौंबाट नेपालगंज गएको प्लेनमा रहेका दुई जनालाई ४ किलो २१.४९ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ।

आज काठमाडौंबाट नेपालगंज गएको श्री एयर एयरलाइन्सको प्लेनबाट झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो।

दिउसो ३ बजे नेपालगंज विमास्थलको आगमन कक्ष बहिरपट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले खानतलासी गर्दा लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ विस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १/१ विस्कुट गरी ६ थान विस्कुट भेटिएको प्रहरीले जनाएको छ।

जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएकाे बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्