प्रचण्डकी नातिनी हिन्दी गीत इबादतमा अर्जुनसँग रोमान्स (भिडियो)


गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ’पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । भिडियो :

रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका होस्ट अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतले उनीहरुको एकअर्काप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । पुनम यादवले निर्माण गरेकी हुन् ।

गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन क्रियटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्