स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन सभापति देउवाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागि हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागि हुन उनले आग्रह गरेका हुन् ।

“पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ,” वडा अधिवेशन सुरु भएको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।”

उनले आठ लाखभन्दा धेरै नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औं महाधिवेशको प्रक्रियामा सहभागी हुने बताएका छन् ।

“लोकतन्त्रको पर्यायको रुपमा रहेको नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैँ अगाडि छ,” उनले भनेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।”

कांग्रेसको विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले कांग्रेसकै कांधमा आएको पनि उनले बताएका छन् ।

१४ औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियान सुरु भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्