भदौ २१ गते राष्ट्रिय युवा संघले सरकारलाई टर्च लाइट बालेर खोज्ने


काठमाडौँ, १७ भदौ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी भदौ २१ गते हजारौंको संख्यामा कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउने भएको छ ।

संगठनले आागमी दिनमा गर्ने गतिविधि तथा भावि योजनाको बारेमा यहाँ आयोजित एक कार्यक्रममा तीन वटा कार्यक्रमहरु तत्तकाल योजनाहरु सार्वजनिक गरिएको छ । जसमा हरितालिका तीज, पार्टी प्रवेश तथा सरकारलाई टर्च लाईट बाली सडकबाट खोज्ने लगायतका कार्यक्रमहरु गर्ने तयारी भइरहेको जानकारी गराईएको छ । त्यस्तै उक्त तीन वटा कार्यक्रमलाई कसरी घनिभुत रुपमा सफलता पूर्वक सम्पन्न गराउने भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरण पौडेलले वर्तमान परमाादेशको सरकारले जल्दा बल्दा घटनाहरुमा आफ्नो धारणा समेत राख्न नसकेको आरोप लगाउँदै दिन दहाडैं भारतीय सुरक्षाकर्मीको दादागिरीबाट नेपाली युवा जयसिंह धामीको मृत्यु प्रकरणमा सरकार चुप लागेर बसेको, छानविन समितीको प्रतिवेदनको आधिकारीक धारणा सार्वजनिक गर्न नसकेको, अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न नसकेको, ठोस कार्यक्रम समेत ल्याउन नसकेको भन्दै आक्रोस जनाउनुभयो ।

माधव नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डको व्यवहारबाट प्रधानमन्त्री शेरबहादुर देउवा आजित हुँदै गएको दावी गर्दै अध्यक्ष पौडेलले देउवाको योजनासमेत संसद विघटन गरी ताजा जनादेशमा जाने तर्फ उन्मुख भएको बताउनुभयो । देउवाले मन्त्रिपरिषदलाई समेत पूर्णता दिन नसकेको उल्लेख गर्दै अध्यक्ष पौडेलले वर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्री बनेको ५१ औं दिनसम्म आफ्नो स्वकिय सचिव नियुक्ति बाहेक जनता तथा मुलुकको पक्षमा केही पर्ने गर्ने नसकेको बताउनुभयो ।

संघको संगठन विभागको आयोजनामा २१ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा एक हजारभन्दा बढी युवाहरुलाई एमालेमा प्रवेश गराउन लागेको संघका उपााध्यक्ष, संगठन विभागका प्रमुख तथा युथफोर्स प्रम्ुख क्षितिज थेवेले जानकारी गराउनुभयो । त्यस्तै संघले १९ गते नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा काठमाडौँको अल्फाविटामा हजारौं महिलाहरुको उपस्थितीमा तीज विशेष कार्यक्रम गर्ने भएको संघका उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवारले जानकारी दिनुभयो ।

त्यस्तै संघको वाग्मती प्रदेश तथा अन्तर जिल्ला कमिटीको आयोजनामा वर्तमान सरकार मुलुक र जनताको हितमा नरहेको भन्दै पाँच दलीय गठबन्धनको सरकार कहाँ छ ? जनता खोजिरहेका छन् भन्दै २४ गते टर्च लाईट बालेर खोज्ने कार्यक्रमसमेत रहेको संघका महासचिव रमेश आचार्यले जानकारी गराउनुभयो । वाग्मती प्रदेशका इन्चार्ज अमित लामाले २१ गतेको कार्यक्रमलाई भव्य बनाउन आवश्यक सम्पूर्ण तयारीहरु गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्