देउवालाई परास्त गर्न रामचन्द्रले चाले कडा चाल


भदौ १७ पोखरा : पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त समुहको पत्रकार सम्मेलनमा केही दिनअघि मात्र नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापा पनि सहभागी भएका छन् ।

यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ ।

उता लामो समय देखि देउवालाई साथ दिदै आएका बिमलेन्द्र निधि , गोपालमान श्रेष्ठ लगाएत अन्य नेताहरुले भने देउवा बिरोधि बन्दै सभापतिमा आ-आफ्नो उम्मेद्वारी घोषणा गरेसकेका छन् । यस्तो अबस्थामा यदि आजको पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले साँच्चिकै साझा उम्मेदवार निकाल्ने हो भने देउवालाई सजिलै पराजित गर्न सक्छन ।

प्रतिक्रिया दिनुहोस्