घुर्की लगाउने वामदेव अन्तत यता न उताकाे भए


काठमाण्डाैं । हरेक दिन जसाे वाेलि फेरिरहने नेताकाे परिचय वनेकाे छ-अचल वामदेव गाैतमकाे । एमालेकाे वैठकमा निरन्तर गएर अध्यक्ष केपी अेालीकाे विराेध गर्ने र माधवसंग जान्छु भनेर घुर्की लगाउने वामदेव अन्तत यता न उताकाे भएका छन।

माधव नेपालले दर्ता गरेकाे नयाँँ दल नेकपा एकिकृत समाजवादी दर्ता हुदा हस्ताक्षर समेत नगरेका गाैतमले एमाले छाडने भनेर घाेषणा गर्न भने चुकेनन।तर,उनी न माधवतिर लागे न अेालीतिर।यतिवेला वामदेव भन्दैछन-माधवले जनताकाे बहुदलिय जनवाद छाडेकाे भन्दै यसमा प्रवेश गर्न नसक्ने वताउन थालेका छन तर खासमा माधव नेपालले नै उनलाइ वास्ता गर्न छाडेका हुन।

माधव समुहमा प्रवेश गर्छु भनेर सार्वजनिक भाषण गरेपनि उनले एमाले छाडेनन र निर्वाचन अायाेगमा पुगेर हस्ताक्षर पनि गरेनन।उनकाे श्रीमती प्रतिनिधिसभाकाे सदस्य भएपनि उनले दल दर्ता गर्दा नाम नलेखाएकाे हुनाले सनाखतमा उनकाे नाम काम लागेन । यहि हविगत वामदेवकाे पनि भयाे।जब दल विभाजन हुदा माधव नेपाललाइ भारी संख्या जरूरत थियाे यतिवेला वामदेव एमाले छाडछु भनेर पनि नछाडि वसे।र पनि माधवले बढा दुखले सांसद र केन्द्रिय सदस्य जुटाए।

तर,जब नयाँ दल वन्याे उनी उपप्रधानमन्त्रीकाे वार्गेनिङमा लागे।दल विभाजन हुदा सहयाेग नगर्ने अनि ठुलाे भाग खाेज्ने उनकाे प्रवृत्तिले दिक्क भएका माधवले उनलाइ यसपछि वास्ता नै गर्न छाडे।यहि बेलामा प्रधानमन्त्री शेरवहादुर देउवाल कसैलाइ पनि उपप्रधानमन्त्री नदिने अडान लिएका छन ।

यसले वामदेवकाे मनसुवा झन पुरा भएन।यसपछि जबज नमान्ने भए समाजवादीमा जान्न भनेर अडान लिन थालेका छन ।खासमा वामदेव नजाने भन्दा पनि उनलाइ नलिने अवस्थामा माधव समुह पुगेकाे देखिन्छ।एक सार्वजनिक कार्यक्रममा माधव समुहकी खम्वा रामकुमारी झाक्रीले अब प्रदीप नेपाल र वामदेव गाैतमलाइ हेरेर नयाँ पुस्तालाइ हेरेर राजनीति गर्नुपर्ने र पार्टी वनाउनुपर्ने वताएकी छिन।

प्रतिक्रिया दिनुहोस्