रामकुमारी झाँक्रीले चर्को भाषण गर्दैमा संगठन विस्तार हुनेहैन, आगामी चुनाव पछि माधव नेपालको पार्टी नै रहदैन


काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकिकृत समाजवादी) मा पदको लागि केही नेता कार्यकर्ताहरु लागे पनि मतदाता भने एमालेकै पक्षमा रहेको बताएका छन । नेता रिजालले जनमत एमालेकै पक्ष भएकोले आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै शक्तिले रोक्न नसक्ने बताएका हुन । उनले भने, ‘रामकुमारी झाँक्रीहरु ले चर्को भाषण गर्दैमा संगठन विस्तार हुदैन । एमालेको जस्तो संगठन भएको पार्टी नेपाल खनालको समाजवादी हुन नसक्ने प्रस्ट भएकोले बाउले दिएको अंशमा कति दिन रजाँई गर्ने हो रजाँई गरौ तर त्यो चुनाव पछि नेपाल खनालको पार्टी नै रहदैन ।’

हिजो आफू माधवकुमार नेपालको पक्षमा अन्तिम सम्म खुलेको बताउदै नेता रिजालले भने, ‘म खुल्नूको अर्थ पार्टीलाई विधिः पद्धतिमा हिडाउन र एमालेलाई अझ बलियो बनाउनु थियो । तर अन्तमा माधव नेपालले पार्टी एकता भन्दा प्रचण्ड र देउवाको उक्साहटमा परी एमाले विभाजन गरेकोले नेता नेपाललाई साथ दिन सकिन ।’ ‘हिजो पनि म नेकपाको सुर्य चिन्हमै समाजवादी पार्टी छोडेर आएको थिए । अहिले पनि एमालेको सूर्य चिन्हमै छु कसरी म दहिचिउरे भए ? कसरी मैले पार्टी परिवर्तन गरे ? म पार्टी विभाजन को पक्षमा छैन भन्नु मैले नपाउने ?’ उनले भने ।

सामाजिक सञ्जालमा आईरहेका सकारात्मक नकरात्मक दुबै कमेन्टहरु आफ्नो सम्पत्ति भएकोले यसले आफुलाई राजनीतिमा अगाडि बढ्न थप शाहस मिलेको नेता रिजालले बताए । उनले भने, ‘मलाई रामप्रसाद रिजाल ओलीको टाङ्मुनि पस्यो भनेर सामाजिक सञ्जाल मार्फत भनीरहेकाले आफु कसैको टाङ्गमुनी पसेको भन्दा पनि म एमालेमा छु ।’ आफू एमाले विभाजनको पक्षमा नरहेको बताउदै उनले एमाले पार्टी अध्यक्षको मात्र नभई हामी सबैको पार्टी भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘भोली समयले साथ दिए एमालेको अध्यक्ष पदमा जो कोही आउन सक्ने म पनि आउन सक्ने भएकोले एमाले विभाजन गर्ने हरु भोली गल्ति गरे भन्दै एमालेमा आउने छन । हिजोका दिनमा एमाले फुटाएर गएका माले बनाएर गएका बामदेवहरु जस्तै आउने र नआउनेहरु बाबुराम भट्टराई, सिपी मैनाली र अशोक राईको हालतमा हुने भएकोले नेकपा एकिकृत समाजवादीमा गएका माधव नेपाल, झलनाथ खनाल लगाएतलाई एमालेमा फर्कन हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया दिनुहोस्