मुख्यमन्त्री अस्थायी हो,यसका लागि ७० वर्ष लामो इतिहास बोकेको पार्टी विगार्ने काम मबाट हुँदैन : भीम आचार्य


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर सरकार बचाउने कोसिस भइरहेको बताएका छन्। नेकपा एमाले विभाजित भएपछि प्रदेशका १० जना सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) तिर लागेपछि अल्पमतमा परेका आचार्यले सरकार बचाउने कोसिस भइरहेको बताएका हुन्।

आचार्यले बहुमत जुटाउन प्रयत्न भइरहेको बताउँदै अनुकुल मिल्नेबित्तिकै संसदबाट विश्वासको मत लिने पनि बताएका छन्। उनले एमालेलाई एकतावद्ध राख्न आफूले कोशिस गरेको पनि उल्लेख गरे। एमाले एक होस् भनेरै आफूले मुख्यमन्त्री बन्ने खत रा मोलेको पनि उनले बताए।

आचार्यले मुख्यमन्त्री पदलाई अस्थायी भनेका छन्। बरु मुख्यमन्त्री पद छाड्ने तर कम्युनिष्ट आन्दोलनलाई धोका दिन नसक्ने आचार्यले बताए। ‘पार्टी फुटाउने कुरामा मेरो सहमति छैन। म पद जोगाउनकै लागि दायाँबायाँ गर्दिन,’ आचार्यले नेपालखबरसँग भने, ‘मुख्यमन्त्री अस्थायी चिज हो। यसका लागि आन्दोलनलाई धोका दिएर ७० वर्ष लामो bhimइतिहास बोकेको पार्टी विगार्ने काम मबाट हुँदैन।’

प्रतिक्रिया दिनुहोस्