सनाखतका लागि हिँडेका नेकपा (एस)का तीन सांसद बाटोबाटै गायव


काठमाडौं- निर्वाचन आयोगमा सनाखतका लागि हिँडेका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का तीन सांसद बाटैमा गायव भएका छन्।
नेकपा एकीकृत समाजवादीमा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका तीन सांसद आधि बाटोबाट सम्पर्कविहीन भएका हुन्।

एकीकृत समाजवादीका लागि सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदै गर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन्।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएका थिए। कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन्। चौधरी भने सम्पर्कमा आएर निर्वाचन कार्यालय पुगिसकेको बताइएको छ । अन्य दुई सांसदको खोजी भइरहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी)मा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको बताएको छ।

उनका अनुसार तीन सांसदहरूको भने कागजपत्र नपुगेकाले भोलि सनाखत हुनेछ । दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको हस्ताक्षर भोलि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्