बागमती प्रदेशका ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)


काठमाडाैँ । राजेन्द्र पाण्डेसहित बागमती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

पाण्डे सहितका ११ ले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की छन् ।

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा पनि सहभागी हुने

माधव नेपालकाे नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा पनि सहभागी हुने भएको छ ।

प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा १३ सांसद रहेकाे दावी गरिएकाे छ । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्