ठाकुर-महतो समूहको सम्भावित तीन विकल्प


जनता समाजवादी पार्टी (जसपा) विभाजन यसअघि नै लगभग तय थियो । तीन/चार महिना अघिदेखि नै खासगरी नेकपा विभाजन भएपछि जसपामा खिचातानी चलिरहेको थियो- केपी ओलीलाई समर्थन गर्ने कि विरोध गर्ने ? यो विभाजनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्दैन । आयोगबाट आधिकारिकता पाउने पक्ष बलियो हुन्छ । यसले उपेन्द्र यादवको पक्षमा प्रदेश र संघ दुवैतिर सांसदको संख्या बढ्न सक्छ ।

निर्वाचन आयोगले अर्को पक्षलाई सांसद पद जोगिने गरी नयाँ पार्टी दर्ता गर्न सुविधा दियो भने एउटा परिस्थिति बन्छ । तर आयोगबाट जसपा उपेन्द्रजीको पक्षमा भयो, सबैजना त्यहीं बस्नु भन्ने निर्णय भयो भने उहाँसँग सबैजना समर्पण गरेर आउनुपर्‍यो । समर्पण नगर्ने कारबाहीको भागीदार हुनुपर्छ । त्यो भनेको उहाँहरुको सांसद पद जान सक्छ ।समर्पण नगर्ने कारबाहीको भागीदार हुनुपर्छ । त्यो भनेको उहाँहरुको सांसद पद जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्