विवादमा रहेको जसपाको उपेन्द्र पक्षले किन बोलायो आकस्मिक बैठक ?


विवादमा रहेको जसपाको उपेन्द्र पक्षले किन बोलायो आकस्मिक बैठक ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे बालकुमारीमा बस्ने एक नेताले जानकारी दिएका छन् ।

आजको बैठकमा पार्शीटीका शीर्ष नेताहरुले समसामयिक राजनीति, पार्टीले लिने नीति बिचारका बारेमा छलफल हुनेछ ।

जसपामा अहिले आधिकारीताको विवाद चलिरहेको बेलामा उपेन्द्र पक्षले आकस्मिक बैठक बोलाएको हो ।
केही दिनअगाडी (जसपा) को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।

पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको निर्वाचन आयोगले गर्ने भनेको सनाखत रोक्न माग गर्दै महन्थ पक्ष सर्वोच्च पुगेको हो ।

आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर आयोगले बिहीबारमात्र पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूलाई साउन ११ गते ११ बजे आयोगमा बोलाउने निर्णय गरेको थियो ।

जसपाको हालको समीकरणमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ ।

अहिलेकै समीकरण अनुसार ‘हेड काउन्ट’ भए आफूहरूले आधिकारिकता पाउने उपेन्द्र पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्