चिनियाँ राष्ट्रपति सी तिब्बतको भ्रमणमा, रेलमा ल्हासा पुगे खरीबोट
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीङपीङले पहिलो पटक तिब्बतको भ्रमण गरेका छन् ।
राष्ट्रपति सी ले बुधबार तिब्बतको दक्षिण-पश्चिम शहर न्यीगशीको भ्रमण गरेका छन्, जहाँ उनलाई स्थानीयले स्वागत गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
राष्ट्रपति सी ले सो अवसरमा न्यांग नदीमा बनेको पुलको अवलोकन समेत गरेका थिए ।
त्यस्तै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले विहिबार न्यींगशीबाट ल्हासासम्म रेल यात्रा समेत गरेका थिए ।
न्यींगशीबाट ल्हासासम्म अघिल्लो महिना मात्र रेल सेवा शुरु भएको हो । यो तिब्बतको पहिलो इलेक्ट्रिक रेल सेवा समेत हो । चीनको स्वशासित क्षेत्र तीब्बतको न्यींगशी शहर भारतको अरुणाचल राज्यको सीमा क्षेत्र नजिक पर्दछ ।
राष्ट्रपति सी को यस भ्रमणलाई चीनले तिब्बतको बिकासमा विशेष चासो देखाएको अर्थमा बुझिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
पछिल्लो समय चीनका प्रमुख शहरहरुलाई रेल सेवा मार्फत तिब्बतसँग जोड्ने क्रम बढेकोले पनि तिब्बतको बिकासमा पुर्बधार विकासको काम अहले तिब्रगतिमा भएको बुझ्न सकिन्छ ।