एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ


चितवन । चितवनमा एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

गएको मंगलबार राति १२ः३७ बजेको समयमा चितवन को रत्ननगर नगरपालिका –१ स्थित माछापुच्छ्रे बैंक लिमिटेड टाँडी शाखाको एटिएम बुथ तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

एटिएम बुथ तोडफोड गरी फरार रहेका रत्ननगर–२, आदर्शनगर बस्ने पुष्प भनिने भरत परियारलाई बैंकमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।परियारले तोडफोड गर्न प्रयोग गरेको फलामको हथौडासहित बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

परियारले तोडफोड गर्न प्रयोग गरेको फलामको हथौडासहित बुधबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्