झलनाथ खनालको उपचार सरकारले बेहोर्ने बताएपछि नेता मिश्रले भने – चेत्न पनि चेतना चाहिन्छ


झलनाथ खनालको उपचार सरकारले बेहोर्ने बताएपछि नेता मिश्रले भने – चेत्न पनि चेतना चाहिन्छ
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालको विदेशमा सरकारको खर्चमा उपचार गर्न लागिएकोमा आपत्ति जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेता खनाललाई फोन गर्दै उपचार खर्च सरकारले बेहोर्ने भन्दै ढुक्क भएर उपचार गर्न आग्रह गरेका थिए ।

झलनाथ खनाललाई फोन गरेर प्रधानमन्त्री देउवाले भने – ‘तपाईको उपचार खर्च सरकारले बेहोर्छ’झलनाथ खनाललाई फोन गरेर प्रधानमन्त्री देउवाले भने – ‘तपाईको उपचार खर्च सरकारले बेहोर्छ’

सोही बिषयलाई लिएर बुधबार सामाजिक सञ्जालमार्फत नेता मिश्रले आपत्ति जनाएका हुन् । चेत्न पनि चेतना चाहिने भन्दै उनले नेताको नाममा फाउण्डेशन बनाएर त्यसलाई सरकारले पैसा दिने कुकार्यलाई कसरी रोक्ने होला भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् – “चेत्न पनि चेतना चाहिन्छ: यतिबिघ्न बेथितिपछि पाचौँ पटक प्रधानमन्त्री बनेका देउवा, भारतमा उपचाररत, पारिवारीकरूपमा संभवत: सम्पन्न, पूर्व प्रधानमन्त्री खनाललाई भन्छन्: तपाईंको खर्च सरकारले ब्योहर्छ। नेताको उपचार खर्च सरकारले ब्योहर्ने, नेताको नाममा फाउण्डेशन बनाएर त्यसलाई सरकारले पैसा दिने आदि कुकार्यलाई कसरी रोक्ने होला?”

प्रतिक्रिया दिनुहोस्